पाल्पामा चट्याङ लागेर विद्यालयका प्रधानाध्यापकको मृत्यु

असिम कामु
२०८१ असार ३ | बिहान ११:०३ बजे

पाल्पा, असार ३ । पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका – ३ भुवनपोखरीस्थित डाँडागाउँका ५६ वर्षीय बिमल प्रसाद पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
आइतबार राती ८ बजेतिर परेको चट्याङ् लागेर पन्त गम्भीर घाइते भएका थिए । घाइते भएका उनलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगिएकोमा डाक्टरले राती नै १० बजेतिर मृत घोषणा गरेको हो ।
पन्त स्थानीय जनप्रिय आधारभूत विद्यालयका प्रधानाध्यापकसमेत रहेका थिए ।























