नवलपुरको दमार चोकमा बसको टायर पड्कियो, झ्यालबाट हाम हाल्दा २ जना घाइते

नवलपुर टुडे
२०८१ असार ३ | बिहान ०९:०३ बजे

नवलपुर, असार ३ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका -११ दमार चोकमा बसको टायर पड्किएको छ ।
गएराती १२ बजे काठमाडौंबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना ८ ख ४२११ नम्बरको बसको दाहिने साइडको पछाडिको एउटा टायर पड्किएको हो । टायर पड्किएर झ्यालबाट हाम फाल्दा दुई जना यात्रु घाइते भएका छन् ।
घाइते हुनेमा दार्चुलाको शैलेशशिखर गाउँपालिका – १ बस्ने ४० वर्षीय सुरज कठायत र सल्यान कुमाड गाउँपालिका – ३ बस्ने वर्ष ४० का बलराम रावत रहेको नवलपुरका सूचना अधिकारी एवं डिएसपी बेद बहादुर पौडेलले जानकारी दिए ।
घाइतेहरूको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा सामान्य उपचारपश्चात् थप उपचारका लागि नयाँ मेडिकल कलेज चितवन रिफर गरिएको छ ।
बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको र बाटो अवरोध नभएको प्रहरीले जनाएको छ ।























