समाचार

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा

नवलपुर टुडे
२०८१ असार ३ | बिहान ०८:०३ बजे

चितवन, असार ३ । पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग पुनःसञ्चालनमा आएको छ ।

आइतबार राति वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्गको मुग्लिङ–नौबिसे सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको थियो ।

रातिदेखिको प्रयासमा सडकमा खसेको लेदो हटाएर दुईतर्फी सडक सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय मुग्लिङकी प्रमुख निरला भण्डारीले जानकारी दिइन् ।

सडक सञ्चालन भएपश्चात सवारी साधन आ-आफ्नो गन्तव्यतर्फ लागेका छन् । तर, राति तीन बजेदेखि नै सवारी आवागमन अवरुद्ध भएकोले सडकमा लामो जाम लागेको छ ।

कमेन्टहरु