नवलपुरको कावासोतीमा बसको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते

नवलपुर टुडे
२०८१ असार २ | मध्यान्ह ०८:०३ बजे

नवलपुर, असार २ । नवलपुरको कावासोतीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाईते भएका छन् ।
आइतबार बेलुकी साढे ५ बजेतिर कावासोती नगरपालिका – ८ खरकट्टा जंगलस्थित पूर्व पश्चिम राजमार्गमा डण्डाबट नारायणगढतर्फ जाँदै गरेको बा.प्र. ०६-००२ प ६६० नं. को मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ६८८३ नं. को (नारायणगढ डण्डा चल्ने लोकल) बसले ठक्कर दिएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक गोरखाको पालुङटार नगरपालिका – ६ गाईखुर बस्ने अन्दाजी ३०/३२ वर्षका सुमित लुइटेलको टाउको र अनुहारमा चोट लागेर गम्भीर घाईते भएका नवलपुर प्रहरीले जनाएको छ । उनको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
बस चालक टर्क बहादुर पुनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।























