शिक्षा

नगर प्रमुख शाहद्वारा नेत्र ज्योति मावि सौनहवा कपिलवस्तुमा ६ कोठे भवनको समुद्घाटन

नवलपुर टुडे
२०८१ असार २ | मध्यान्ह ०२:०३ बजे

कपिलवस्तु, असार २ । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं १० मा रहेको श्री नेत्र ज्योति (०-१२) माध्यमिक विद्यालय सौनहवामा एक कार्यक्रमकाबिच ६ कोठे भवनको नगर प्रमुख रजत प्रताप शाहद्वारा समुद्घाटन गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर शाहले नगर भित्रका विद्यालयको शैक्षिक गुणस्तरमा सबै सरोकारवालाले ध्यान दिनुपर्ने बताउँदै आफू तथा नगरपालिकाबाट शैक्षिक गुणस्तर बढाउन हरेक सम्भव प्रयास गरिने बताए ।

कार्यक्रममा बोल्दै कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृ खेमराज देवकोटाले नगर भित्रका विद्यालयको भौतिक, शैक्षिक अवस्था सुधार गर्न हरेक व्यक्तिले आआफ्नो स्तरबाट पहल गर्नुपर्ने बताए ।

यस्तै वडाध्यक्ष हरिपाल चतुर्वेदीले यो स्कूल निर्माण गर्न हाम्रा पूर्खाहरूको ठूलो योगदान रहेको तथा यस विद्यालयको आफू सधैं उन्नति र प्रगतिमा हातेमालो गर्दै आएको बताए । विद्यालयका व्यवस्थापन समिति अध्यक्ष वृजेश कुमार चतुर्वेदीले आफू विद्यालयमा आएदेखि शैक्षिक गुणस्तर बढाउन प्रयास गर्दै आएको तथा शिक्षक, अभिभावक र समुदायको सम्बन्ध राम्रो बनाउन हरेक सम्भव प्रयास गर्दै आएको बताए ।

उक्त ६ कोठे भवन २०७९/८० मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट ४५ लाख तथा २ बर्षमा कृष्णनगर नगरपालिकाबाट ४१ लाख रकमबाट सो भवन निर्माण भएको विद्यालयका प्रधानाध्यापक जय प्रकाश चौधरीले जानकारी दिए ।

कार्यक्रममा नगर उप प्रमुख आरती देवी चौधरी, बालजी श्रीवास्तव, प्रहलाद चतुर्वेदी, राजेन्द्र चतुर्वेदी, विद्यालय व्यवस्थापन समिति सदस्य, अभिभावक, विद्यार्थी, समाजसेवी तथा स्थानीय लगाएतको उपस्थित रहेको थायो । विद्यालयका सहायक प्रधानाध्यापक बब्बु कुर्मीले कार्यक्रम संचालन गरेका थिए ।

कमेन्टहरु