पोखरामा पुल बनाउन खनेको खाल्टोमा डुबेका बालकको शव फेला

नवलपुर टुडे
२०८१ असार २ | मध्यान्ह ०१:०३ बजे

पोखरा, असार २ । कास्कीको पोखरा महानगरपालिका–३३ बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खनेको खाल्टोमा खसेका बालकको शव फेला परेको छ ।
शनिबार साँझ ५ बजेतिर खाल्डोमा खसेका बरपौवाका ९ वर्षीय गणेश विकको शव आज (आइतबार) बिहान सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको हो ।
घटनाबारे जानकारी पाउनासाथ नं. २४ कालिका गण कास्कीबाट खटिएको गोताखोरसहितको फौजले बालकको शव अन्दाजी २० फिट गहिराईबाट निकालेको जनाइएको छ ।























