नवलपुरको मध्यबिन्दुमा निर्माणाधिन कुलोमा श्रमदान गर्ने क्रममा लडेर एक जना घाईते

नवलपुर टुडे
२०८१ असार २ | मध्यान्ह १२:०३ बजे

नवलपुर, असार २ । नवलपुरको मध्यबिन्दु नगरपालिका – १७ अमलटारीमा निर्माणाधिन पानीको कुलोमा काम गर्ने क्रममा लडेर एक जना घाइते भएका छन् ।
आइतबार बेलुकी साढे ५ बजेतिर कुलो बनाउन श्रमदान गर्न गएका सोही ठाउँ बस्ने बर्ष ५० को चित्र बहादुर ठकुरी कुलोमा लडी घाईते भएका हुन् ।
उनको उपचारको लागी मध्यबिन्दु जिल्ला अस्पताल डण्डा ल्याएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि भरतपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।
ठकुरीको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।























