नवलपुरको हुप्सेकोटमा सर्पको टोकाइबाट एक जना घाइते

नवलपुर टुडे
२०८१ असार २ | बिहान ११:०३ बजे

नवलपुर, असार २ । नवलपुरमा सर्पको टोकाइबाट एक जना घाइते भएका छन् । सर्पको टोकाइबाट हुप्सेकोट गाउँपालिका – २ कोलिया बस्ने बर्ष ६५ का ऋषिराम तिवारी घाइते भएका हुन् ।
तिवारीलाई शनिबार राती ९ बजेतिर आफ्नै घर नजिकै हिडिरहेको अवस्थामा अचानक सर्पले दाहिने खुट्टाको पैतालामा डसेको जिल्ला प्रहरी कार्यालय
नवलपुरका प्रवक्ता डिएसपी बेद बहादुर पौडेलले जानकारी दिए ।
तिवारीको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा सामान्य उपचार राती साढे ११ बजे भरतपुर सरकारी अस्पताल चितवन रिफर गरिएको डिएसपी पौडेलले बताए ।























