चितवनको विनोद सुनचाँदी पसलबाट ३ किलो सुन र ३५ किलो चाँदी लुटपाट

नवलपुर टुडे
२०८१ असार २ | बिहान ११:०३ बजे

चितवन, असार २ । चितवनको कालिका नगरपालिका – ६ स्थित विनोद सुनचाँदी पसलबाट सुन र चाँदी लुटपाट भएको छ ।
सुन पसलबाट ३ किलो सुन र ३५ केजी चाँदी लुटपाट भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए ।
शनिबार साँझ दुई जना लुटेराले पसलका कर्मचारीलाई नियन्त्रणमा लिएर सुनचाँदी लुटेर भागेका हुन् । पसलमा लुटेराले छाडेको ७ सय ७६ ग्राम सुन भेटिएको छ ।
लुटपाटमा संलग्न आशङ्कामा ४ जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको डीएसपी रिजालले बताए ।























