घटना

सिन्धुलीमा लडेर एक जनाको मृत्यु

नवलपुर टुडे
२०८१ असार २ | बिहान ०६:०३ बजे

सिन्धुली । सिन्धुलीमा एक जना पुरुषको लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार जडीबुटी खोज्न जंगल गएका मरिण गाउँपालिका-२ कटनडाँडाका ५८ वर्षीय टेकबहादुर दंगालीको लडेर मृत्यु भएको हो ।

दंगाली जेठ ३२ गते दिउँसो १ बजे जंगल गएका थिए । तर, राति अबेरसम्म नफर्किएपछि खोज्ने क्रममा शनिबार मुंग्रशिर भीरको खोंचमा उनी मृत फेला परेका हुन् । उनको शव पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु