रौतहटको गढैया बागमती नदीमा वेवारिसे शव फेला


रौतहट, असार १ । रौतहटको राजदेवी नगरपालिका वडा नं.५ पटाही टोलस्थित गढैया बागमती नदीको किनारमा वेवारिसे शव फेला परेको छ ।
शनिबार दिउँसो साढे ४ बजेतिर पानीले बगाई ल्याएको हाल नाम, थर, वतन नखुलेको अन्दाजी २४/२५ को तराई मुलुकको जस्तो देखिने पुरुष व्यक्तीको शव पानीमा घोप्टो परि तैरिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय राैतहटले जानकारी दिएको छ ।
शव फेला परेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक उमाशंकर प्रसादको कमाण्डमा प्रहरी टोली खटी गई शव जाँच, मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौर रौतहटमा सुरक्षित साथ राखिएको प्रहरीले जनाएको छ ।
मृतकको हालसम्म कुनै पहिचान नखुलेको हुँदा निज मृतकलाई चिन्न सक्ने व्यक्ति, आफन्त तथा परिवारका सदस्यहरुले जिल्ला प्रहरी कार्यालय राैतहटमा जानकारी गराउन आग्रह गरेको छ ।























