समाचार

नदिजन्य पदार्थ उत्खनन गरी ओसार पसार गर्ने एउटा जेसीबी र ३ वटा टिपर नियन्त्रणमा

नवलपुर टुडे
२०८१ असार १ | मध्यान्ह ०५:०३ बजे

नवलपुर, असार १ । नवलपुर प्रहरीले अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन साथै ओसार पसार गर्ने एउटा जेसिबी र तीन वटा टिपरलाई नियन्त्रणमा लिएको छ ।

कावासोती नगरपालिका – १६ डण्डास्थित केरुङ्गे खोलामा अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा चाईना स्टेट कन्ट्रक्सन कम्पनीका बा ३ क ८०२६ नम्बरको जेसेबी र लु १ अ.यो.३२, लु १ अ.यो.२६ र ना ६ ख ६७३५ नम्बरका टिपरलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका जेसीबी र टिपरलाई आवश्यक कारवाहीको लागि अस्थायी प्रहरी पोष्ट डण्डामा राखिएको नवलपुरका प्रवक्ता डिएसपी बेद बहादुर पौडेलले जानकारी दिए ।

कमेन्टहरु