तस्कर

कपिलवस्तुमा तीन सय भारतीय अण्डा बरामद गरी नष्ट

धर्मेन्द्र कुमार कुर्मी
२०८१ असार १ | बिहान ०९:०३ बजे

कपिलवस्तु, जेठ ३२ । कपिलवस्तुमा भारतबाट अवैध रूपमा ल्याइएको १० कार्टुन अण्डा प्रहरीले बरामद गरी नष्ट गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ठकुरापुरबाट खटिएको टोलीले विजयनगर गाउँपालिका वडा नं.५ कटुवा र कटनिया भन्ने गाँउस्थित सडकखण्डबाट १० कार्टुनमा जम्मा ३०० गोटा अण्डा (रु.३००० मूल्य बराबरको) भारतीय अण्डा बरामद गरी नष्ट गरेको हो ।

वडा सदस्य र प्रहरी कार्यालय ठकुरापुरको संयुक्त टोलीले खाली जग्गामा अण्डा नष्ट गरेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु