रौतहटको गरुडा नगरपालिकामा प्रशासकीय भवनको शिलान्यास

अशोक यादव
२०८१ जेष्ठ ३२ | मध्यान्ह ०३:०२ बजे

रौतहट, जेठ ३२ । रौतहटको मध्य भागमा रहेको गरुडा नगरपालिकाले आज आफ्नो प्रशासकीय भवनको शिलान्यास गरेको छ । नगर प्रमुख कन्थमणी कलवारले आज एक समारोहबीच भवनको शिलान्यास गरेका हुन् ।
गरुडा नगरपालिका वडा नं ४ मा तीन करोड ३३ लाखको लागतमा बन्न लागेको भवनको निर्माण कार्य एक बर्षमा बनिसक्ने मेयर कलवारले जानकारी दिए ।
भवन निर्माण शिलान्यास समारोहमा विभिन्न राजनीतिक दलका नेता, उपमेयर, वडा अध्यक्षहरुको सहभागीता रहेको थियो ।























