झापाको शिवसताक्षीमा दुई नाबालक छोरासहित आमा मृत फेला

नवलपुर टुडे
२०८१ जेष्ठ ३२ | मध्यान्ह १२:०२ बजे

झापा, जेठ ३२ । झापा दुई नाबालक छोरासहित आमा मृत फेला परेका छन् ।
आज बिहान (शुक्रबार) शिवसताक्षी नगरपालिका वडा नं ३ भोटेपुलमा सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा र उनका छोराहरु ९ वर्षका बिशाल बेस्रा र ३० महिनाका आयुष बेस्रा मृत फेला परेका हुन् ।
अन्जली झुन्डिएको अवस्थामा फेला परेकी हुन् । उनले आफ्ना दुई छोरालाई विष सेवन गराई हत्या गरेपछि आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।
प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । सुजन बेस्रा वैदेशिक रोजगारीमा रहेको बताइएको छ ।























