दुर्घटना

चितवनको फिस्लिङमा बस त्रिशुलीमा खस्यो, १२ जना घाइते

नवलपुर टुडे
२०८१ जेष्ठ ३२ | बिहान ०९:०२ बजे

 चितवन,जेठ ३२ । चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङमा बस र कार ठक्कर खाँदा बस त्रिशुलीमा खसेको छ ।

आज बिहान ७ः२५ बजे नेपालगन्जबाट काठमाडौंतर्फ गइरहेको भे १ ख ४०६२ नम्बरको बस विपरित दिशाबाट आइरहेको बागमती प्रदेश ०१–०२९ च ३७२० नम्बरको कारसंग ठक्कर खाइ बस त्रिशुली नदीमा खसेको हो ।

बस सडकबाट अन्दाजी ५० मिटर तल त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका १२ जनाको उपचारका लागि भरतपुर ल्याइएको छ ।

बसमा ३५ जना र कारमा ५ जना सवार थिए । अन्य यात्रु शकुसल रहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु