समाचार

जिल्ला प्रहरी कार्यालय सिरहाभित्र एक महिला प्रहरी जवान मृत फेला

नवलपुर टुडे
२०८१ जेष्ठ ३१ | मध्यान्ह ०५:०२ बजे

सिरहा, जेठ ३१ । जिल्ला प्रहरी कार्यालय सिरहाभित्र एक महिला प्रहरी जवान मृत भेटिएकी छन् ।

कार्यालयको महिला तथा बालबालिका सेलभित्र प्रहरी जवान करिष्मा सुनार मृत भेटिएकी हुन् ।

सुनार अपराह्न ४ बजेतिर शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेको सिरहाका एसपी रमेश पण्डितले जानकारी दिए । उनले भने, ‘यसबारे थप अनुसन्धान भइरहेको छ ।’

प्रहरीले स्थानीयवासी र पत्रकारलाई कार्यालय प्रवेशमा रोक लगाएको छ ।

कमेन्टहरु