वर्षाले खाँदबारी–नुम सडकमा क्षति

रासस
२०८१ जेष्ठ ३० | बिहान १०:०२ बजे

यो खण्डमा कालोपत्रका लागि गरिएको ‘सवबेस’, ग्याविन पर्खाल र नाली बगाएको उत्तरदक्षिण कोशी सडक आयोजनाका प्रमुख सविन कोइरालाले बताए ।
कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का खण्डको ठूलो ढुङ्गा–पाङ्मा अरुणथानमा सबैभन्दा बढी क्षति भएको छ । वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
आयोजना प्रमुख कोइरालाले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बताए । वर्षाले पिच गर्न तयार गरिएको सडक बगाउँदा करिब रु एक करोडको क्षति भएको उनले जानकारी दिए ।























