लुम्बिनी प्रदेश, शिक्षा

गर्मी बढेपछि पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले दियो विद्यालय बिदा

नवलपुर टुडे
२०८१ जेष्ठ २९ | मध्यान्ह ०५:०२ बजे

नवलपरासी, जेठ २९ । अत्यधिक गर्मी बढेपछि पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले ३ दिन विद्यालय बिदा दिएको छ ।

गर्मीका कारण तातो हावा चल्ने, लु लाग्ने जस्ता कारणले बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्न गई पठनपाठनमा बाधा पर्ने देखिएकाले बिदा दिइएको सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्राले जानकारी दिए ।

सरावल गाउँपालिका अन्तर्गत संचालित सम्पूर्ण विद्यालयहरु जेठ ३० गतेदेखि ३२ गतेसम्म वर्षे बिदाबाट कट्टी हुने गरी बिदा दिएको मिश्राले बताए ।

सरावल गाउँपालिकाले गत जेठ १७ गतेदेखि २० गतेसम्म पनि ४ दिन गर्मी बिदा दिएको थियो । गर्मी नघटेपछि बिदा थप गरिएको गाउँपालिकाले जनाएको छ ।

कमेन्टहरु