समाचार

बझाङमा कृत्रिम अभ्यास गर्ने क्रममा डुबेर सशस्त्र प्रहरी जवानको मृत्यु

नवलपुर टुडे
२०८१ जेष्ठ २८ | मध्यान्ह १२:०२ बजे

बझाङ, जेठ २८ । बझाङमा बाढी र त्यसले पार्ने क्षति न्यूनीकरण गर्न देखाउन लागिएको कृत्रिम अभ्यास (सिमुलेशन) को क्रममा डुबेर सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।

मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका-७ घर भएका सशस्त्र प्रहरी जवान नरेन्द्र सिंह धामी रहेका छन् । सोमबार बिहान सेती नदीमा जिल्लास्थित सुरक्षा बलको संयुक्त कृत्रिम अभ्यासका क्रममा धामी डुबेका थिए ।

बेहोस अवस्थामा फेला पारेका उनलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बझाङमा लगिएकोमा अस्पतालले धामीलाई मृत घोषणा गरेको हो ।

कमेन्टहरु