पाल्पाको तिनाउ खोलामा डुबेर भारतीय किशाेरकाे मृत्यु

असिम कामु
२०८१ जेष्ठ २८ | बिहान ११:०२ बजे

पाल्पा, जेठ २८ । पाल्पाको तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जना भारतीय किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत गोरखपुर थाना, सैजन्वा बस्ने १५ वर्षका आर्यन कुमार रहेको प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो आफ्ना १५/१६ जना साथीसँगै पाल्पाको तिनाउ गाउँपालिका–३, ड्यामस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा उनी एक्कासी बेपत्ता भएका थिए । बेपत्तापछि खोजी गर्ने क्रममा नजिकै उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।
एक दिनअघि पनि तिनाउ–३, झुम्सामा एक जना भारतीय नागरिकको डुबेर मृत्यु भएको थियो ।























