मौसम

आजको मौसम : तराईमा तातो हावा चल्ने, अन्यत्र कस्तो रहला ?

नवलपुर टुडे
२०८१ जेष्ठ २८ | बिहान ०५:०२ बजे

काठमाडौँ, जेठ २८ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सोमबार कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । 

कोशी प्रदेशको थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भू-भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने छ । तातो हावा तथा तातो लहरको सम्भावना रहेको महाशाखाको भनाई छ । 

कमेन्टहरु