समाचार

बचतकर्ताको साढे ७ करोड रकम हिनामिना गरेको आरोपमा स्क्वायर सहकारीका सञ्चालकहरू पक्राउ

नवलपुर टुडे
२०८१ जेष्ठ २७ | मध्यान्ह ०६:०२ बजे

काठमाडौं, जेठ २७ । काठमाडौंको मखनमा रहेको स्क्वायर बचत तथा ऋण सहकारी संस्थामा करिब साढे ७ करोड रकम हिनामिना गरेको आरोपमा सञ्चालकहरू पक्राउ परेका छन्

पक्राउ पर्नेमा सहकारीका सञ्चालक समितिका अध्यक्ष काठमाडौं महानगरपालिका-१४ कुलेश्वरका ६६ वर्षीय बाशु देव मान जोशी, सहकारीका सचीव काठमाडौं-२५ केलटोलका ६७ वर्षीय सुवर्ण सेलालिक र सहकारीका सदस्य काठमाडौं-२६ नरदेवीका ५८ वर्षीय धर्म रत्न पाछैं रहेका छन् ।

बचतकर्ताको ७ करोड ४० लाख ८७ हजार ८६० रुपैयाँ बचत रकम अपचलन तथा हिनामिना गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले जनाएको छ ।

कमेन्टहरु