अदालत

चितवन र मकवानपुर ८० किलो गाँजासहित दुईजना पक्राउ

नवलपुर टुडे
२०८१ जेष्ठ २७ | बिहान ०८:०२ बजे

चितवन,जेठ २६ । अवैध लागुऔषध गाँजा करिब ८० किलोसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–१० का २५ वर्षीय मानबहादुर वाइवा र मकवानपुरको राक्सिराङ गाउँपालिका–५ का २६ वर्षीय सुमन स्याङताङ छन् । उनीहरू बा १० च ३६१९ नम्बरको कारमा मनहरीबाट पथलैयातर्फ जाँदै थिए ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित सडकबाट उक्त परिमाणको गाँजासहित शनिबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी जाँचका क्रममा डिकीमा लुकाइछिपाइ राखिएको उक्त परिमाणको गाँजा फेलापरेको थियो । त्यसपछि कारका चालक मानबहादुर र त्यसमा सवार सुमनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

कमेन्टहरु