पाल्पाको तिनाउ खोलामा डुबेर भारतीय नागरिकको मृत्यु

असिम कामु
२०८१ जेष्ठ २६ | मध्यान्ह ०६:०२ बजे

पाल्पा, जेठ २६ । पाल्पाको तिनाउ खोलामा डुबेर एक जना भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत कानपुरका ३५ वर्षीय फहीम अहमद रहेका छन् ।
शनिबार दिउँसो १२ बजेतिर दुई जना साथीसँगै पाल्पाको तिनाउ गाउँपालिका–३, झुम्सास्थित तिनाउ खोलामा नुहाउने क्रममा अहमद खोलामा डुबेका थिए । खोलामा डुबेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि लुम्विनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो ।
त्यहाँ चिकित्सकले अहमदलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।























