दाङमा बसको ठक्करबाट अटोमा सवार पाँचजना घाइते, ३ जनाको अवस्था गम्भीर

नवलपुर टुडे
२०८१ जेष्ठ २६ | मध्यान्ह ०४:०२ बजे

दाङ, जेठ २६ । दाङमा बसले अटोलाई ठक्कर दिँदा अटोमा सवार पाँच जना घाइते भएका छन् ।
आज (शनिबार) अपराह्न पौने ४ बजेतिर दाङको तुलसीपुर उपमहानगरपालिका-७ स्थित राप्ति राजमार्गमा रा १ ह २२०७ नम्बरको अटोलाई तुलसीपुरबाट सल्यान जाँदै गरेको रा १ ख २०३७ नम्बरको बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यलय दाङले जानकारी दिएको छ ।
बसको ठक्करबाट अटोमा सवार रहेका पाँच जना घाइते भएको छ । तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । उनका अनुसार गम्भीर घाइतेहरू दुई वर्षका, ८ वर्षका र १२ वर्षका बालक रहेको छ ।
उनीहरूलाई उपचारका लागि राप्ति प्रादेशिक अस्पताल पठाइएको छ ।























