गण्डकी प्रदेश

मुख्यमन्त्री पाण्डेले जेठ २८ गते विश्वासको मत लिने

रासस
२०८१ जेष्ठ २५ | मध्यान्ह ०८:०२ बजे

गण्डकी, जेठ २५ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यही जेठ २८ गते विश्वासको मत लिनुुहुने भएको छ ।

मुख्यमन्त्री पाण्डेले जेठ २८ गते दिउँसो ३।०० बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिने प्रयोजनका लागि आज गण्डकी प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराउनुुभएको प्रदेशसभा सचिव हरिराज पोखरेलले जानकारी दिनुभयो । विश्वासको मत लिने सम्बन्धमा प्रदेशसभा सचिवालयले सूचना जारी गरिसकेको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम पाण्डे यही जेठ १६ गते मुख्यमन्त्री पदमा नियुक्त हुनुुभएको थियो । 

कमेन्टहरु