समाचार

दाङमा नेपाली सेनाका एक जवानले गरे श्रीमतीको हत्या

नवलपुर टुडे
२०८१ जेष्ठ २५ | बिहान १०:०२ बजे

दाङ, जेठ २५ । दाङको तुलसीपुरमा नेपाली सेनाका एक जवानले श्रीमतीको हत्या गरेका छन् ।

सल्यानको कपुरकोट – ६ घर भई नेपाली सेनाको ज्वालदल गण बारामा कार्यरत अमल्दार ३६ वर्षीय शालिकराम बुढाथोकीले तुलसीपुर उपमहानगरपालिका – ६ लुङ्ग्री टोलमा बस्ने श्रीमती २७ वर्षीया टिका बुढाथोकीको हत्या गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुर पोखरेलका अनुसार शालिकराम मिसनबाट फर्केर घर बिदामा आएका थिए । घर विदामा आएका बेला श्रीमतीलाई आज बिहान सवा ८ बजेतिर परपुरूषसँग आपत्तिजनक अवस्थामा भेटेपछि शालिकरामले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट घाइते भएकी टिकाको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

शालिकरामले श्रीमतीसँग रङ्गेहात भेटेका अछाम घर भई तुलसीपुरस्थि १९ नम्वर बाहिनीमा कार्यरत सेना आर्यन थापालाई समेत खुकुरी प्रहार गरेका छन् । थापाको गर्धन र टाउकोमा गम्भीर चोट लागेको छ । उनको अवस्था पनि गम्भीर भएको प्रहरीले जनाएको छ । उनको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

खुकुरी प्रहार गर्ने शालिकराम ईलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा रहेका छन् ।

कमेन्टहरु