समाचार

‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ अभियानले नागरिक लाभान्वित

नवलपुर टुडे
२०८१ जेष्ठ २५ | बिहान ०८:०२ बजे

कृष्णनगर, जेष्ठ २५ । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा रहेको नागरिक आरोग्य सेवा केन्द्रले नागरिक सचेतन मूलक कर्यक्रम अभियानलाई तिब्रता दिँदै आएको छ ।

नगर क्षेत्रका प्रत्येक वडाका जन समुदायलाई मेरो स्वास्थ्य मेरो जिम्मेवारीको बोध गराउने उदेश्यका साथ अगुवाहरुलाई तालिमका माध्यमद्वारा सचेत गराउँदै समुदायका व्यक्तिहरूलाई समेत समय समयमा आग्रह गर्दै आएको छ । बढ्दो दीर्घकालीन नसर्ने रोगबाट बच्नका लागि आहार बिहार दिनचर्यामा आमूल परिवर्तनको खाचो रहेको जनकारी कबीराज डा नागेश्वर मिश्रले दिनुभयो ।

वडा नं ५ को पुरुषोत्तमपुरबाट शुरू भएको अभियानको दोस्रो दिन वडा नं ११ मा वडा अध्यक्ष जीवन श्रीवास्तवको अध्यक्षतामा संचालन भएको कार्यक्रममा बोल्दै कर्यक्रमका प्रमुख अतिथि नगर प्रमुख रजत प्रताप शाहले आफ्नो नगरका नागरिकलाई स्वास्थ्यमा समृद्ध बनाउन आफु सदैव तत्पर रहेको र गाउँ घर क्लिनिक, नागरिक आरोग्य अभियान, जेष्ठ नागरिक स्वास्थ्य शिबिर, स्तान पान गराउने महिलालाई दुग्ध बर्धक औषधि वितरण, आँखा शिबिर लगायत विविध कार्यक्रम निरन्तर संचालन भएको साथै प्रत्येक वडामा सुबिधायुक्त स्वास्थ्य चौकी सुधार कार्यमा तिब्रतासाथ आफु अगाडि बढेको बताए ।

नागरिक आरोग्य अभियान वडा नं १०, वडा नं २ लगायतका विभिन्न विद्यालय तथा समुदाय स्तरमा तिब्रताका साथ संचालन हुँदै आएको तथा उक्त कार्यक्रमबाट नागरिकहरुको व्यवहारमा परिवर्तन आउने जनविश्वास रहेको छ ।

कमेन्टहरु