सिन्धुलीमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी

नवलपुर टुडे
२०८१ जेष्ठ २४ | मध्यान्ह ०२:०२ बजे

काठमाडौं, जेठ २४ । सिन्धुलीमा जंगली च्याउ खाएर एकै परिवारका पाँच जना बिरामी परेका छन् । तिनपाटन गाउँपालिका – ४ बिस्टार बस्ने ६७ वर्षीय केशरबहादुर भुजेलका परिवार जंगली च्याउ खाएर बिरामी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रहरी निरीक्षक केशवकुमार कट्टवालले जानकारी दिए ।
प्रहरी निरीक्षक कट्टवालका केशरबहादुर भुजेल उनकी श्रीमती ५३ वर्षीया पूर्णमाया, ३८ वर्षीय छोरा घनश्याम भुजेल, २१ वर्षीय नाति किरण, नातिनी बुहारी २० वर्षीया नानीमाया समाल बिरामी परेकी हुन् । बिहीबार बिहान साढे १० बजे च्याउ खाएर बिरामी भएको खबर पाउनसाथ प्रहरी घटनास्थलमा पुगेका थिए ।
अहिले बिरामीको प्राथामिक स्वास्थ्य केन्द्र लाम्पाङटारमा उपचार भइरहेको छ । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।























