समाचार

भक्तपुरबाट स्रोत नखुलेको ६९ लाखसहित चार चिनियाँ नागरिक पक्राउ

नवलपुर टुडे
२०८१ जेष्ठ २४ | मध्यान्ह ०२:०२ बजे

भक्तपुर, जेठ २४ । भक्तपुरको सूर्यविनायक नगरपालिका–१० भातेढिकुरबाट स्रोत नखुलेको ६९ लाख पाँच हजार रूपैयाँसहित चार जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चीन घर भई हाल काठमाडौँ बस्दै आएका ३२ वर्षीय झाङ युआन, ५० वर्षीय निङ झियालिन, २४ वर्षीय काओ होरान र ३६ वर्षीय डेना लाइयु छन् ।

बुधबार दिउँसो साढे १२ बजेतिर साँगाबाट जगातीतर्फ आउँदै गरेको बा.२ ज ५१६ नम्बरको ट्याक्सीलाई जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त नगद बरामद भएको हो ।

बरामद नगदसहित चारै जनालाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि आन्तरिक राजस्व कार्यालय भक्तपुरमा बुझाएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

कमेन्टहरु