समाचार

दक्षिणकालीमा भेटिएको दुई शवको खुल्यो पहिचान

नवलपुर टुडे
२०८१ जेष्ठ २४ | बिहान १०:०२ बजे

काठमाडौँ, जेठ २४ । काठमाडौँको दक्षिणकालीमा नगरपालिका–८ स्थित केराबारीको भिरमा फेला परेको एक पुरुष र एक महिलाको शवको सनाखत भएको छ ।

शव धादिङको सिद्धलेक गाउँपालिका–५ का ४२ वर्षीय रामचन्द्र खनाल र भक्तपुरको चाँगुनारायण नगरपालिका–५ की अन्दाजी ३२ वर्षीया सविना राईको भएको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकलबाट खसेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले जानकारी दिए । घटनास्थलमा बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको मोटरसाइकल भेटिएको थियो ।

बुधवार दिउँसो बाख्रा चराउन गएका स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । सडकबाट करिब २०० मिटर तल भीरमा अड्किएको अवस्थामा शव फेला परेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

कमेन्टहरु