समाचार

नवलपुरको देवचुलीमा एक युवकले गरे धारिलो हतियारले घाँटी रेटेर आत्महत्याको प्रयास

नवलपुर टुडे
२०८१ जेष्ठ २३ | मध्यान्ह ०५:०२ बजे

नवलपुर, जेठ २३ । नवलपुरमा एक युवकले आफ्नै घाँटी रेटेर आत्महत्याको प्रयास गरेका छन् ।

बुधबार दिउँसो साढे ४ बजेको समयमा बाराको कटुवाली गाउँपालिका – १० घर भई हाल नवलपुरको देवचुली नगरपालिका – १० पृथ्वीनगर बस्ने १८ वर्षीय रमेश महतोले तरकारी काट्ने चुलेसीले आँफ्नै घाँटी रेटेर आत्महत्याको प्रयास गरेका हुन् ।

रमेशले आफ्नै घाँटी रेटिरहेको अवस्थामा उनका दाई राज कुमार महतोले देखेपछि तत्काल उपचारको लागी देवचुली अस्पताल रजहर लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारको लागी नयाँ मेडिकल कलेज भरतपुर लगिएको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर रहेको छ ।

राज कुमारका अनुसार रमेश मानसिक बिरामी थिए । अहिले घटनास्थलमा प्रहरी टोली गएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु