समाचार

रक्सीले मातेका चञ्चलले आफू, श्रीमती र ३ छोरीमाथि पेट्रोल छर्केर लगाए आगो

नवलपुर टुडे
२०८१ जेष्ठ २३ | मध्यान्ह ०३:०२ बजे

काठमाडौं, जेठ २३ । काठमाडौंको चाबहिलमा एक पुरुषले आफू र श्रीमतीसहित तीन छोरीमाथि पेट्रोल छर्केर आगो लगाएका छन् ।

मंगलबार राति साढे ८ बजेतिर ५२ वर्षका चञ्चल सिहंले आफूसहित श्रीमती ४४ वर्षका विनु सिंह, छोरीहरू २५ वर्षीया सुप्रिया, १६ वर्षीया समृद्धि र ८ वर्षीया सुहानीमाथि पेट्रोल छर्किएर आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

घटनाको जानकारी पाएलगत्तै महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले उनीहरूको उद्धार गरी हेल्पिङ ह्याण्ड अस्पताल धुम्बाराही पुर्‍याइएको थियो । त्यहाँबाट थप उपचारका लागि राति नै कीर्तिपुरको बर्न अस्पतलमा पुर्‍याइएको र उपचार जारी रहेको प्रहरीको भनाइ छ ।

आगोले जलेर छोरी सुप्रिया र सम्वृद्धि गम्भीर घाइते भएका छन् । आगो लगाउने चन्चल, छोरी सुवानी र श्रीमती विन्दुको अवस्था भने सामान्य रहेको छ । प्रहरीका अनुसार रक्सीले मातेका चञ्चलले परिवारमाथि पेट्रोल छर्किएर आगो लगाएका थिए ।

कमेन्टहरु