भारतको बेंग्लोरमा खाना पकाउने ग्यास पड्किँदा बझाङका ५ जनाको मृत्यु

नवलपुर टुडे
२०८१ जेष्ठ २१ | मध्यान्ह १२:०२ बजे

काठमाडौं, जेठ २१ । भारतको बेंग्लोरमा खाना पकाउने ग्यास पड्किदा बझाङ घर भएका एकै परिवारका ५ जनाको मृत्यु भएको छ ।
बझाङको जयपृथ्वी नगरपालिका वडा नं ११ सुइल घर भई विगत ६ वर्ष देखि बेंग्लोरमा रोजगारी गर्दै आएका मदन बोहरा, उनकी श्रीमती प्रेमजला धामी बोहरा, छोरीहरू अनिता बोहरा, निता बोहरा र छोरा प्रशान्त बोहराको मृत्यु भएको हो ।
राति खाना खाएर घरमा सुतिरहेको बेला ग्यास लिक भएर पड्किदा उनीहरू घाइते भएका थिए । उपचारका लागि भिक्टोरिया अस्पताल पुर्याउँदा उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेको हो ।























