कपिलवस्तुमा लुकाईछिपाई राखेको हतियार बरामत, आरोपित फरार


घनश्याम यादव
कपिलवस्तु । असार ५ / जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं. ८ लोहरौला बस्ने बर्ष अं.३२ को अस्लम मुसलमानको घरबाट १ कि.मी.उत्तर पुर्व पर्ने आफ्नै खेतमा रहेको फुसले छाएको कच्ची बाख्रा गोठमा हातहरियार लुकाई छिपाई राखेको हतियार बरामत भएको छ ।
स्थानियले दिएको सुचना आधारमा प्राप्त ईलाका प्रहरी कार्यालय गणेशपुरबाट प्रनि रण बहादुर विष्टको कमाण्डमा खटिईएको टोली र ईलाका प्रहरी कार्यालय बहादुरगंजबाट प्रनानि गगन शाहीको कमाण्डमा खटिएको संयुक्त टोलीले खानतलासी गर्दा गोठको छानोको खरमुनि बोरा भित्र लुकाई छिपाई राखेको अवस्थामा १२ बोर बन्दुक २ थान,सर्टगनमा लाग्ने लाईभ कार्टिज (जंगी राउण्ड) ५ थान, सर्टगनको पड्किएको खोका ११ थान, अं.३०० ग्राम बारुद जस्तो देखीने कालो धुलो पदार्थ, ५७ वटा छर्रा र ३ वटा जनावरलाई पासो लगाउने जाल फेला पारी बरामद गरेको हो ।
अस्लम मुसलमान भने फरार रहेको छ । उनको खोजीकार्य भैइरहेको छ ।























