देश

मन्त्री शर्मालाई वडा अध्यक्ष रामनगिनाले गरे सम्मान

kushal
२०७८ असार ६ | बिहान ०७:०३ बजे

धनी राम कोरी
वीरगञ्ज । नेपाली कांग्रेस वीरगञ्ज महा न•पा•वड़ा नं :-१० वडा समितिद्वारा आयोजित स्वागत कार्यक्रम आज प्रदेश २ का नवनियुक्त ऊर्जा तथा खानेपानी मंत्री माननीय ओम प्रकाश शर्मा जी लाई वाड अध्यक्ष एवम बूथ सभापति रामनगीना साह कानूको अध्यक्षता एवम नेपाली कांग्रेसका केंद्रीय सदस्य तथा मधेश बिभाग प्रमुख अजय चौरसियाको प्रमुख अतिथियतामा स्वागत कार्यक्रम सम्पन्न भयो ।

photo 2021 06 20 07 42 36

सो कार्यक्रममा हीरा साह कानू प्रमानंद साह कानू,मनोहर कुमार साह,संतोष गुप्ता,अरबिंद साह कानू ,आत्माराम साह कानू,राकेश साह संतोष देवी खतिवड़ा बबिता तिवारी ,शम्भू साह कानू,यूथ कांग्रेस नेपालका प्रदेश सदस्य राहुल गुप्ता लगाएतको उलेखनीय उपस्तिति रहेको थियो।

वडा अध्यक्ष एवम् बूथ सभापति रामनगीना साह कानुको अध्यक्षतामा भएको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् मधेश विभागका प्रमुख अजय चौरसियाले शर्मालाई सफल कार्यकालको शुभकामना दिँदै आफ्नो क्षेत्रलाई पनि प्राथमिकतामा राखेर विकास निर्माणका कामहरुलाई तिव्रता दिन आग्रह गरेका थिए ।

कार्यक्रमको सम्बोधन गर्दै अध्यक्ष रामनगिना साह कानुले आफ्नै वडाका शर्मा मन्त्री बन्नु वडाका लागि ठूलो उपलब्ध भएको बताए । विगतका दिनमा पनि शर्माले समाजको लागि गरेका क्रियाकलापहरु स्मरणीय रहेको बताउँदै कानुले आगामी दिनमा पनि अँझै सशक्त रुपमा समाजप्रति समर्पीत हुने विश्वास व्यक्त गरेका थिए ।

कमेन्टहरु