घटना, मधेश प्रदेश

रौतहटको गढमाई नगरपालिका- ६ का वडाअध्यक्षको निधन

अशोक यादव
२०८१ जेष्ठ २० | बिहान ०८:०२ बजे

राैतहट, जेठ २० । रौतहटमा वडाअध्यक्षको मृत्यु भएको छ । रौतहटको गढमाई नगरपालिका वडा नम्बर ६ काे वडा अध्यक्ष रामाज्ञा राय यादबकाे शनिबार राति निधन भएकाे हो ।

विगत चार बर्षदेखि क्यानसरको रोगबाट विरामी रहेका यादवको वीरगंजस्थित तराई अस्पतालमा उपचारको क्रममा निधन भएकाे उनको परिवार श्रोतले जनाएको छ ।

उनी स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टीबाट निर्वाचित वडाअध्यक्ष हुन ।

कमेन्टहरु