दाङमा बस दुर्घटना २५ जना घाइते

नवलपुर टुडे
२०८१ जेष्ठ १६ | मध्यान्ह ०२:०२ बजे

दाङ । कोइलाबास सडकखण्डमा बुधबार बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् । कोइलाबासबाट लमही तर्फ छुटेको रा १ ख ८३३ नम्बरको बस दुर्घटना हुँदा २५ जना घाइते भएका हुन्।
इलाका प्रहरी कार्यालय गढवाका अनुसार घाइते सबैको अवस्था सामान्य छ । दुर्घटनाको प्रारम्भीक कारण ब्रेक फेल भएको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ। बस सडक किनारको नालीमा पल्टिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बसमा स्वर्गद्वारी दर्शनका लागि जादै गरेका तिर्थयात्री धेरै थिए। घाइतेहरुको उपचार लमही अस्पतालमा भइरहेको छ।























