समाचार

कीर्तिपुर नगरपालिकाका सम्पूर्ण विद्यालयमा नेपाल भाषा अध्यापन गराउन ध्यानाकर्षण

नवलपुर टुडे
२०८१ जेष्ठ १३ | मध्यान्ह ०५:०२ बजे

काठमाडाैं, जेठ १३ । कीर्तिपुर नगरपालिकाका सम्पूर्ण विद्यालयमा नेपाल भाषा अध्यापन गराउन ध्यानाकर्षण गराएका छन् ।

जेठ ११ गते शुक्रबार कीर्तिपुर नगरपालिकाका उपमेयर शुभलक्ष्मी शाक्य (सुनिता) लाई नेवाः बस्ती नेवाः स्कुल अभियान संयोजक र नेवाः विद्यार्थी युनियनका अध्यक्ष रिदेन महर्जनले बाग्मती प्रदेशमा नेपालभाषा र तामांग भाषा सरकारी कामकाजी भाषाका रूपमा लागू भएकाे तथा स्थानीय भाषा ऐन मुताविक कीर्तिपुर नगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी र निजी विद्यालयका तल्लाे तहदेखि माथिल्लाे तहसम्म नेपालभाषा अनिवार्य रूपमा अध्यापन गराउनुपर्नेमा जाेड दिएका छन् ।

उनीहरूका अनुसार कीर्तिपुर नगरपालिकाका सम्पूर्ण सरकारी विद्यालयमा जस्तै सम्पूर्ण निजी विद्यालयहरूमा नेपाल भाषा सशक्त ढंग अध्ययन अध्यापन गराउनुपर्ने बिषयमा छलफल भएकाे छ । यसका अलावा स्थानीय तहमा नेपालभाषा व्यवस्थित ढंगबाट कक्षा संचालन बारेमा जानकारी गराउन नेपालभाषा अनुगमन समिति गठन गरी बेलाबखत अनुगमन गर्नुपर्नेमा कीर्तिपुर नगरपालिकाका उपमेयर शुभलक्ष्मी शाक्य (सुनिता) लाई ध्यानाकर्षण गराएका छन् ।

नेपाल भाषाकाे पाठ्यक्रमकाे सवालमा उपमेयरले कक्षा चारसम्मका पाठ्यपुस्तक प्रकाशित भई कक्षा सरकारी विद्यालयमा अनिवार्य रूपमा अध्यापन भइरहेकाे जानकारी गराए ।

कमेन्टहरु