दुर्घटना

तनहुँमा भारतीय कार दुर्घटना हुँदा ५ जना घाइते

नवलपुर टुडे
२०८१ जेष्ठ १३ | मध्यान्ह ०२:०२ बजे

तनहुँ, जेठ १३ । तनहुँमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चालकसहित ५ जना घाइते भएका छन् ।

आइतबार बिहान पौने ४ बजेतिर आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ सत्रसय स्थित पृथ्वी राजमार्गमा आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको बीआर ०६ डीएच ८२८१ नम्बरको कार दुर्घटना भएको हो । 

दुर्घटनामा घाइते हुनेहरूमा भारतको बिहार मजसापुर बस्ने २३ वर्षीय सचेन्द्रकुमार, २३ वर्षीय आनन्द कुमार, ३० वर्षीय राजेश कुमार, २५ वर्षीय सुमित कुमार र २४ वर्षीय राज कुमार रहेका छन् । घाइतेमध्ये राज कुमारको उपचारपछि डिस्चार्ज भइसकेको छ । अन्य घाइतेहरूको आबुखैरेनी अस्पताल र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

कार अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु