नारायणगढ–मुग्लिन सडक खण्डमा एक्स्काभेटरमाथि ढुंगा खस्यो, अपरेटरको उद्धार जारी

नवलपुर टुडे
२०८१ जेष्ठ १३ | बिहान १०:०२ बजे

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन बजारनजिक तुइन खोलाआडमा सडकमा नाला खन्दै गरेको एक्स्काभेटरमाथि ढुंगा खसेको छ ।
आइतबार बिहान नौ बजेतिर भएको उक्त घटनापछि उद्धार कार्य जारी रहेको र एक्स्काभेटरभित्र अपरेटर पनि रहेको र उनको उद्धार भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए ।























