दुर्घटना

कपिलवस्तुमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

नवलपुर टुडे
२०८१ जेष्ठ १२ | मध्यान्ह ०३:०२ बजे

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–३, महिता चोक नजिकको मोडमा शनिबार बिहान साढे ९ बजेतिर मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

जीतपुरबाट तौलिहवातिर आउँदै गर्दा लु ४४ प १३१४ नम्बरको मोटरसाइकल दुर्घटना हु‍ँदा रुपन्देहीको सैनामैना नगरपालिका–५, गडवाका २३ वर्षे कुमार थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी मोटरसाइकलको पछाडि बसेका थिए । उनको सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पतालमा उपचार हुँदा-हुँदै दिउँसो मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर ओलीले बताए ।

यस्तै, मोटरसाइकल चालक गडवा गाउँकै ३८ वर्षे निरकुमार थारु गम्भीर घाइते भएका छन् । उनको कपिलवस्तु अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारकालागि युनिभर्सल मेडिकल कलेज, भैरहवा पठाइएको प्रहरीले जनाएको छ । तीब्र गतिमा रहेको मोटरसाइकल घुम्तीमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुबै जना इँटा उद्योगमा काम गर्ने मजदुर भएको बताइएको छ ।

 

कमेन्टहरु