नवलपुरको गैडाकोटस्थित नारायणी नदी किनारमा एक पुरुषको शव फेला

नवलपुर टुडे
२०८१ जेष्ठ ११ | बिहान ०८:०२ बजे

नवलपुर, जेठ ११ । नवलपुरको गैंडाकोट नगरपालिका – २ स्थित नारायणी नदी किनारमा १ जना पुरुषको शव फेला परेको छ ।
गैडाकोट नगरपालिका – २ स्थित कन्टिनेन्टल बोर्डिङ स्कुल नजिकै नारायणी नदी किनारमा गएराति अन्दाजी ४० बर्षीय पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।
मृतकको पहिचान हुन सकेको छैन । शव पोष्टमार्टमका लागि जिल्ला सरकारी अस्पताल भरतपुर पठाइएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।























