मलेसियामा आगलागी परी एक नेपालीको मृत्यु

नवलपुर टुडे
२०८१ जेष्ठ १ | बिहान १०:०२ बजे

काठमाडौं, जेठ १ । मलेसियामा सुतेकै ठाउँमा आगलागी हुँदा बैतडीका एक युवकको मृत्यु भएको छ। बैतडीको मेलौली नगरपालिका १ का ३२ वर्षीय दिपकसिंह नायकको मलेसियामा भएको आगलागीमा परेर मृत्यु भएको उनको पारिवारिक स्रोतले जनाएको छ।
नायक सुतिरहेको कोठामा विद्युतको तार सर्ट भई आगलागी भएको थियो । उक्त आगलागीमा परेर नायकको मृत्यु भएको स्थानीय प्रहरीले जानकारी दिए। नायक रोजगारीको सिलसिलामा विगत ९ वर्षदेखि मलेसियामा थिए।
नायकको शव नेपाल ल्याउन पहल भइरहेको आफन्तले बताएका छन्।























