पश्चिम नवलपरासीको प्रतापपुरमा ४६ वटा अबैध खसि बरामद

जगत ठाडा मगर
२०७८ असार ३ | मध्यान्ह ०९:०३ बजे

कृष्णा गिरी
नवलपरासी । पश्चिम् नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ४ दरखासेबाट १० लाख १२ हजार मुल्य बराबरको अबैध खसी प्रहरीले बरामद गरेको छ ।
भारतबाट अबैध रुपमा नेपाल ल्याउदै गरेको समयमा साढे १ बजे ४६ वटा खसि सिमा प्रहरी चौकी महेशपुर प्रहरीले बरामद गरेको हो ।
उक्त खसी मानिसले पैदल डोरीमा बाधी डोर्याई ल्याउदै गर्दा प्रहरीलाई देखेपछि खसिहरु सोही स्थानमा छोडी मानिस भागेका थिए ।
आवश्यक कारबाहीका लागी खसीलाई महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।























