रौतहटबाट एक लाख सत्तरी हजार बराबरको सामान बरामद

अशोक यादव
२०८१ बैशाख ३१ | मध्यान्ह ०८:०१ बजे

रौतहट, वैशाख ३१ । रौतहटबाट प्रहरीले एक लाख सत्तरी हजार दुई सय एकसठ्ठी रुपैयाँ बराबरको मोटरसाइकलको स्पेयर पार्टसहरु बरामद गरेको छ ।
प्रहरीले गौर नगरपालिका वडा नं.५ स्थितबाट विभिन्न सवारी साधन तथा पैदल यात्रुहरुलाई चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेका मोटरसाईकलको स्पेयर पार्टसहरु लगायतका सरसामानहरु बरामद गरेको हो ।
बरामद गरेका सामानहरु आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय रौतहटमा दाखिला गरिएको प्रहरीले जनाएको छ ।























