नवलपुरमा स्कुटर दुर्घटना हुँदा एक जना घाइते

नवलपुर टुडे
२०८१ बैशाख ३१ | मध्यान्ह ०८:०१ बजे

नवलपुर, वैशाख ३१ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका – २ भृकुटी चोकमा स्कुटर दुर्घटना हुँदा एक जना घाइते भएको छ ।
कांग्रेसचोकबाट नारयणगढतर्फ आउदै गरेको बा.प्र.०६००२ प ३७३७ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक गैंडाकोट नगरपालिका – ४ बस्ने ५९ वर्षीय डोलनाथ पोखरेल घाइते भएका हुन् ।
उनको दाँया हात र दायाँ खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बेद बहादुर पौडेलले जानकारी दिए ।
उनका अनुसार घाइते पोखरेलको एलआईभ अस्पताल चितवनमा उपचार भइरहेको छ ।























