मधेश प्रदेश

ढल्यो मधेस प्रदेश सरकार

नवलपुर टुडे
२०८१ बैशाख ३० | मध्यान्ह ०४:०१ बजे

जनकपुरधाम । जनता समाजवादी पार्टी, नेपाल फुटेसँग मधेस प्रदेश सरकार ढलेको छ। नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएको छ। 

आइतबार माओवादी केन्द्रबाट मन्त्री बनेका संसदीय दलका नेता एवं वन तथा वातावरण मन्त्री भरतप्रसाद साह र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा पत्र बुझाए।

माओवादीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।

यस्तै, नेकपा एमालेले समेत सरकारबाट बाहिरिने तयारी गरेको छ। जसपा, नेपालको नेतृत्वमा रहेको मधेस सरकारमा नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एस सहभागी थिए। जसमध्ये माओवादी केन्द्र सरकारबाट बाहिरिएको हो भने एमालेले पनि बाहिरिने तयारी गरेको छ।

दुवै दल सरकारबाट बाहिरिँदै नयाँ सरकार गठन गर्ने तयारीमा छन्।

कमेन्टहरु