घटना

कपिलवस्तुमा बाढीले बगाउँदा एकजनाको मृत्यु

नवलपुर टुडे
२०८१ बैशाख ३० | मध्यान्ह ०४:०१ बजे

कपिलवस्तु, वैशाख ३० । कपिलवस्तुमा दाउरा संकलन गर्ने क्रममा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाणगंगा नगरपालिका ७ सुकुम्बासी टोलका ४० वर्षीय लौटन थारु रहेका छन् । इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपालजंग रायमाझीका अनुसार थारुलाई आइतबार बिहान ७ बजे श्रीमती लक्ष्मी थारुसँगै दाउरा सङ्कलन गर्ने क्रममा कोइली खोलामा आएको बाढीले बगाएको बताउनुभयो ।

लौटनलाई बाढीले बगाएर मृत्यु भएको उहाँको भनाइ छ । लौटनको शव खोलाले बगाएको ठाउँबाट करिब २ किलोमिटर टाढा फेला परेको रायमाझीले बताउनुभयो ।

कमेन्टहरु